नेपाली राष्ट्रिय फुटबल टिमकाे मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरिएकाे छ ।
अब्दुल्लाहले नेपाली राष्ट्रिय टिममा थ्री नेसन्स कप विजेता प्रशिक्षक बाल गोपाल महर्जनको स्थान लिएका हुन् । विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।उनले यसअघि कतार,किर्गिस्तान,साउदी अरेबिया र कुवेतका विभिन्न टिम हेरेका थिए ।
उनले आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हाल्नेछन् । एन्फाले टेक्निकल कमिटीको सिफारिस अनुसार उनलाइ एक वर्ष राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।