नेपालले ३७ वर्षपछि थ्री नेसन्स कपको विजेता बनेकाे छ । फाइनलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेकाे हाे । दशरथरंगशालामा भएकाे खेलमा नेपालले दुबै गाेल पहिलाे हाफ अगाडि नै गरेकाे थियाे भने बंगलादेशले दाेस्राे हाफकाे करिब अन्तिम समयतिर १ गाेल गरेकाे थियाे ।
खेलाडि परिवर्तन भइरहेकाे समयमा बंगलादेशले पाएकाे कर्नर किकमा गाेल भएकाे हाे । गाेलपछि केहीबेर बंगलादेशले नेपालकाे पक्षमा दबाब बढाएकाे थियाे ।
खेलको १८ औं मिनेटमा नेपालका संजोग राईले गोल गरेकाे खाता खाेलेका थिए भने त्यसकाे ४१ अाैं मिनेटमा बिशाल राइले थप गाेल गर्दै नेपाललाई बलियाे स्थितिमा पुर्रयाएका थिए । फाइनल खेलकाे म्यान अफ दि म्याच सन्जाेक राइ भएका छन् ।फाइन खेल हेर्न रंगशाला पुगेका प्रधानमन्त्री केपी ओलीले पनि खेलाडीकाे हाैसला बढाएका थिए ।