नेपाल र बंगलादेश आज थ्री नेसन्स कपको फाइनलमा भीड्ने भएका छन् ।नेपाल र बंगलादेश तेस्रोपल्ट फाइनलमा भिड्न लागेका हुन् ।
दशरथ रंगशाला बेलुकी साढे ५ बजेदेखि सुरु हुने फाइनल प्रतियोगिता हेर्न प्रधानमन्त्री ओली पनि रंगशाला जाने भएका छन् । ‘प्रधानमन्त्रीले फाइनल खेल पनि हेेर्ने र विजयी टीमलाइ पुरस्कार पनि वितरण गर्ने छन् ।
नेपाल र बंगलादेशबीचकाे खेललाइ फर्केर हेर्ने हाे भने पटकपटक यी दुइ देशले फाइनलमा एकले अर्कालाइ पराजित गरेका छन् । यस पटककाे फाइनमा पनि यी दुइ देशबीच भेट भएकाे छ । दुबै टीम उच्च मनाेबलका साथ मैदानमा उत्रिने भएका छन् । खेल निकै राेमान्चक हुने अपेक्षा गरिएकाे छ ।