थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल खेलमा नेपालले आज किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र किर्गिस्तानबीचको खेल साँझ साढे ५ बजे शुरु हुनेछ ।
नेपाल किर्गिस्तानलाई हराएर फाइनल पुग्न चाहन्छ भने किर्गीस्तान पनि नेपाललाई हराउँदै फाइनल पुग्ने सम्भावना कायमै राख्न चाहान्छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरिसकिएकाे छ ।
दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत्र १६ गते हुनेछ ।