राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले सहज जित निकालेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबाकर भएको खेलमा बाँसबारीले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो। बाँसबारीको जितमा निशान सुनारले दुई गोल गरे। कमल खवास र अजय राजवंशीले एक एक गोल गरे। जितसँगै बाँसबारीले १० खेलमा २१ अंक जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ। झम्सिखेल १० खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ।
यस्तै, आइतबार नै भएको अर्को खेलमा श्रीकुमारी क्लबले जित निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा श्रीकुमारीले नयाँबस्ती युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेको हो। श्रीकुमारीलाई जित दिलाउन आशिष राईले दुई गोल गरे। पम्बा योल्मु र विवेक पुनले एक एक गोल गरे। नयाँबस्तीका विवेक गुरुङ, साजन राई र सुमन राईले एक एक गोल फर्काए।
जितसँगै श्रीकुमारीले १० खेलमा ११ अंक जोडेको छ। नयाँबस्ती १० खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ।