राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले सहज जित निकालेको छ। आइतबार भएको खेलमा ब्वाइज युनियनले नयाँबस्ती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियनको जितमा मिलन लिम्बुले ह्याट्रिक गरे। पहिलो हाफमा दुई गोल गरेका मिलनले दोस्रो हाफमा एक गोल गरेका थिए। खेलको २१ औं मिनेटमा मिलनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्वाइजको अग्रता २–० को बनाए। त्यसपछि खेलको ५७ औं मिनेटमा मिलनले ह्याट्रिक पुरा गर्दै ब्वाइजलाई ३–० को जित दिलाए। जितसंगै ब्वाइजले ८ खेलमा १४ अंक जोडेको छ।
ब्वाइज युनियन लिगको चौंथो स्थानमा रहेको छ। नयाँबस्ती ८ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।