विभागीय टिम त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो।
आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान ४–४ गोल गरिन्। यस्तै, विमला चौधरी र सपना लामाले एक एक गोल गरिन्। जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ। आर्मीले ४ खेलमा ७ अंक जोडेको छ। चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ।