राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले पहिलो जित निकालेको छ।बुधबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन कुसुम खड्काले ह्याट्रिक गरिन्। यस्तै, अनु राई र सरिता शेर्पाले एक एक गोल गरे।
जितसंगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ। यसअघि विराटनगरले पहिलो खेलमा वालिङसँग १–१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा भने विराटनगर एपीएफसँग ७–० ले पराजित भएको थियो।
चन्द्रपुरको भने यो दोस्रो हार हो। चन्द्रपुरले ३ खेलमा ३ अंक जोडेको छ।