नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो।
पुलिसले दिएको ३ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३६ रन मात्र बनाउन सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो। जितसँगै समूह बी मा रहेको पुलिसले ३ खेलमा ४ अंक जोडेको छ। पुलिस दोस्रो स्थानमा रहेको छ । लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ । लुम्बिनी तेस्रो स्थानमा रहेको छ।
त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको १ सय ७ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्यो।
यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो। जितसंगै समूह ए को एपीएफले २ खेलमा ४ अंक जोडेको छ। यसअघि एपीएफले पहिलो खेलमा प्रदेश–१ लाई हराएको थियो। गण्डकीको यो तेस्रो हार हो।