नेपाली राष्ट्रिय महिला भलिबल टिम वर्ष २०७६ को उत्कृष्ट टिम घोषित भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टिमले टिम अफ दि इयरको अवार्ड जितेको हो ।
गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता हात पारेको थियो । दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा एउटामा उपाधि जितेको भलिबल टिम अर्कोमा दोस्रो भएको थियो ।