इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा टस जितेर पहिले व्याटिङ रोजेको कोलकाता नाईट राईडर्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रनमा समेटिएको थियो । विराट कोलीको कप्तानीमा जवाफी व्याटिङमा उत्रिएको बेंगलोरले १३.३ ओवरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएपछि यो जित बेंगलोरको हातमा गएको हो । हिजो सम्पन्न खेलमा कोलकाताले बनाएको ८४ रनको योगफल १३ औं आईपीएल सिजनकै सबैभन्दा थोरै रन बन्न पुगेको छ । यसअघि यसै सिजनमा बेंलोर भने पन्जाबसँग १०९ रनमा समेटिएको थियो ।
यस सिजनकै उत्कृष्ट बल गरेवापत बेंलोरका बलर मोहम्मद सिराज म्यान अफ द म्याच घोषित भए । उनले ४ ओवरमा ८ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए । यो जितसंगै बेंगलोर १० खेलबाट १४ अंक जोड्दै तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।