इण्डियन प्रिमियर लिग (आइपीएल) ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चिनियाँ प्रायाेजकलाई लिएर भारतमा विवाद शुरू भएकाे छ ।विगतमा झै उसले यसपटक पनि आइपीएलको प्रायोजक चिनियाँ कम्पनी यथावत रहने जनाएपछि यसकाे भारतमा विराेध भएकाे छ।
विशेष गरी भारत र चीनबीच द्वन्द्व चर्किएको र भारतमा चिनियाँ कम्पनी बहिष्कार गर्ने माग उठिरहेका कारण अहिले त्यो विषय चर्को विवादमा परेको छ।
चिनियाँ मोबाइल कम्पनी भिभो आइपीएलको मुख्य प्रायोजक रहँदै आएको छ।
संयुक्त अरब इमिरेट्समा गर्ने गरि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले तयारी गरिरहेको छ।यसपटक कोरोनाभाइरस महामारीका कारण बीसीसीआइले मुलुक बाहिर अायाेजना गर्ने तयारी गरेकाे हाे ।