भिल्लारियललाई २–१ ले हराउँदै रियल म्याड्रिडले स्पेनी ला लिगाको उपाधि जितेको छ । रियल म्याड्रिडले ३ वर्षपछि ला लिगाको उपाधि जितेको हो । लिगमा एक खेल बाँकी रहँदै रियलले उपाधि जितेको हो । योसँगै रियलले ला लिगामा ३४औं उपाधि हात पारेको छ ।
रियलका लागि दुवै गोल करिम बेन्जेमाले गरेका थिए । रियले २९औं मिनेटमा पहिलो गोल गरेको थियो भने ७७औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । भिल्लारियलका लागि भिसेन्ट इबोराले ८३औं मिनेटमा एक गोल फर्काएका थिए ।
रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ३ वर्षपछि ला लिगा जित्दा च्याम्पियन्स लिग जित्दाभन्दा पनि खुसी भएको प्रतिक्रिया दिएका छन् ।