पर्यटकीयस्थल भेडेटारमा साहसिक खेल जिपलाइनको व्यवसायिक सुरुवात भएको छ ।
साहसिक पर्यटकले करिब ४५ सेकेण्डको अनुभव लिन पाउने जिपलाइनको दुरी ६ सय ५० मिटरको छ । वर्ल्ड वाइड ग्रुप नेपालले सञ्चालनमा ल्याएको हो।
जीपलाइन केवलको क्षमता १६ एमएम डायमिटरको रहेको छ भने यसको क्षमता ११ हजार ३ सय किलो रहेको छ । क्लासिक, सुपरम्यान र कपल गरी तीन प्रकारको श्रेणी रहेको जीपलाइनमा हार्नेसको क्षमता २२ सय किलो र क्याराबिनको क्षमता २७ सय किलोको रहेको छ ।