काठमाडौंमा जारी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको त्रिदेशीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपाल र ओमान भिडिरहेका छन्। ओमानसँगको दोस्रो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।
पहिलो खेलमा भने नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। उक्त खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएका थिए।
शनिबार भएको दोस्रो खेलमा भने नेपालले अमेरिकाविरुद्ध ३५ रनको विजय हात पारेको थियो।