अमेरिकालाई ६ विकेटले पराजित गर्दै ओमानले क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो विजय हात पारेको छ ।यसअघि उसले बुधबार नेपाललाई १८ रनले पराजित गरेको थियो ।
ओमानले टस जितेपछि ब्याटिङका लागि निमत्याइएको अमेरिकाले पुरा ५० ओभर खेल्दै २ सय १३ रन बनाई अलआउट भयो ।
हारका बावजुद अमेरिका रन रेटमा ओमानलाई पछि पार्दै शीर्ष स्थानमा यथावत छ । अमेरिका ९ खेलमा ६ विजय हात पार्दै र ओमान ७ खेलमा १२ अंकसहित सात राष्ट्र सहभागि यस प्रतियोगिताको अंक तालिकामा पहिलो दुई स्थानमा छन् । २०२३ को विश्वकप छनोटको आधार रहेको यस प्रतियोगिताको शीर्ष तीन टोली विश्वकप छनोटको शीर्ष स्थानमा छ ।