वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेलले एभरेस्ट प्रिमियर लिग ९इपिएल० टी(२० खेल्ने भएका छन्। उनले पोखरा राइनोजका तर्फबाट इपिएल खेल्ने भएका हुन्। इपिएलले बिहीबार यो घोषणा गरेको हो ।
इपिएल आगामी चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ ।
उनले आफू नेपाल आउन पाउँदा उत्साहित भएको बताएको भिडियो पनि पोखरा राइनोजले सार्वजनिक गरेको छ। उनले भिडियामा आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरेका छन्।
उनले आफ्नो धमाका हेर्नका लागि नेपाली समर्थकलाई तयार रहन आग्रह गरेका छन्। उनले आफ्नो प्रदर्शनले प्रतियोगिता थप रोमाञ्चक हुने समेत बताए।
४० वर्षीय गेल विश्वका टी(२० क्रिकेट लिगका लागि चर्चित छन्। उनले टी(२० खेलमा ४०४ खेल खेल्दै १३ हजारभन्दा बढी रन बनाएका छन्। जसमा २२ शतक र ८२ अर्धशतक सामेल छन्।