दीपक मनाङे भनी चिनिने गण्डकी प्रदेश सांसद राजीव गुरुङले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मीलन गुरुङमाथि मंगलबार हातपात गरेका छन्। पोखराको भण्डारढिक रंगशालामा मनाङेले गुरुङलाई मुक्का प्रहार गरेका हुन्।
गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटन अघि दुईबीच भनाभन भएको थियो। सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको भन्ने असन्तुष्टी जनाएका थिए। त्यसपछि सांसद मनाङेले आफूमाथि मुक्का र लात्ती प्रहार गरेको मीलनले बताए।
सांसद मनाङेले गुरुङलाई हातपात गरेको स्वीकारे। खेलाडीलाई आयोजकले बसोबासको व्यबस्था नगरेको भन्दै उनले आयोजकमाथि हातपात गरेका थिए।