इंग्लिस क्लव लिभरपुलले क्लवको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। टोटनह्याम विरुद्धको खेलमा एक शुन्यको जित निकालेको लिभरपुलले क्लवको एक सय ३१ बर्षे इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने कीर्तिमान बनायो।
जारी लिगमा २१ खेलमा २० मा जित निकालेको लिभरपुलले यो सिजनको उपाधि जित्दै लामो समयको पर्खाईको अन्त्य गर्ने लक्ष्यमा रहेको छ।
युरोपियन च्याम्पियन क्लव लिभरपुलले टोटनह्याम विरुद्धको खेलमा जित निकाल्दा फेरमिन्होको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए।
मुख्य स्ट्राइकर हेरी केन विना नै मैदानमा उत्रिएको टोटनह्याम लिभरपुल विरुद्ध कमब्याक गर्न सकेन र पराजित भयो।
यो जितसँगै लिभरपुलको २१ खेलमा ६१ अंक भएको छ। उसका लक्ष्य लिगमा ३८ खेलमा एक सय चार अंकको रेकर्ड पार गर्ने रहेको छ।
खेलपछि लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले कीर्तिमान आफ्नालागि कुनै महत्वपुर्ण नभएको प्रतिक्रिया दिए।