बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। साउदी अरबमा गएराति भएको सेमिफाइनल खेलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ ले हरायो।
खेलमा एथ्लेटिकोका लागि एन्जेल कोरियाले ८६ औं मिनेटमा निर्णायक गोल गरे। यसअघि बार्सीलोनाका लियोनल मेस्सी र एन्टोनियो ग्रेजम्यान तथा एथ्लेटिकोका कोके र अल्भारो मोराटाले एक एक गोल गरेका थिए।
खेलको ५९ औं मिनेटमा बार्सीलोनाका मेस्सीले पेनाल्टी अवसर खेल फाले। यसैगरी ७४ औं मिनेटमा बार्साकै जेरार्ड पिकेले अर्को पेनाल्टी अवसर खेर फालेका थिए। एट्लेटिकोले अब उपाधिका लागि आफ्नै शहरको प्रतिद्धन्दी रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।
रियालले बुधबार भएको पहिलो सेमिफाईनल खेलमा भ्यालेन्सियालाई हराउँदै फाईनलमा स्थान पक्का गरेको थियो।