शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पाँचौ चरणका खेलहरु सकिंदै छन्। दशरथ रंगशालमामा आज दुई खेल भएपछि पाँचौ चरणका खेलहरु सकिने छ।
मध्यान्ह १२ बजे हुने खेलमा संकटा क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम भिड्नेछन्। दुवै टिमले समान ४–४ अंक जोडेका छन्। आजको विजेता टिम सातौं स्थानमा उक्लने छ। आजै दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबको सामना गर्ने छ।
आर्मी जारी लिगमा ९ अंकका साथ तालिकाको चौथो स्थानमा छ। आज विजयी भए आर्मी क्लब १२ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिने छ।
११ अंक जोडेको मनाङ मस्र्याङ्दी क्लब अहिले शीर्ष स्थानमा रहँदा १० अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ। सरस्वतीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन्।