एभर्टनलाई एक-शून्य गाेलले हराउँदै लिभरपुल एफए कप फुटबलकाे चौथो चरणमा प्रवेश गरेको छ।
आइतबार राति घरेलु मैदानमा भएको तेस्रो चरणकाे खेलमा लिभरपुललाई जिताउन १८ वर्षे युवा खेलाडी कुर्टिस जोन्सले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ७१औँ मिनेटमा जोन्सले निर्णायक गोल गरे।
यता चेल्सीले पनि नाेटिङघम फरेस्टलाई दुई–शून्य गाेलले हराउँदै एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ।
घरेलु मैदानमा भएकाे खेलमा चेल्सीलाई जितउन कलुम हड्सन र रोस बार्क्लीले गोल गरे। खेलको सातौं मिनेटमा हड्सन र ३३औँ मिनेटमा बार्क्लीले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए।
टोटेनहम मिडल्सबर्गसँग एक-एक गोलको बराबरीमा रोकिएपछि उसले मिडल्सबर्गसँग फेरि खेल्नु पर्ने भएको छ। यता शेफिल्ड युनाइटेड चाैथाै चरणमा प्रवेश गर्दा क्रिस्टल प्यालेस भने डर्बी काउन्टीसँग पराजित भएको छ।