राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल २ दिन स्थगित भएकाे छ।
खराब माैसम र दशरथ रंगशालाकाे अवस्थाका कारण शनिबार र आइतबारका खेलहरु स्थगित भएकाे अखिल नेपाल फुटबल संघ एन्फाले जनाएकाे छ। अब साेमबारदेखि शनिबारकाे तालिका लागूहुने छ।
शनिबारदेखि ए डिभिजन लिगका पाचाैं चरणका खेलहरु शुरु हुने थियाे। चाैथाे चरणका खेलहरु सबै सातदाेवाटाेमा आयाेजना गरिएकाले पाचाैं र छैटाैं चरणका खेलहरु रंगशालामा गराउने तय भएकाे थियाे।
जनवरी १ अर्थात पुस १६ गते भ्रमण वर्ष २०२० काे उद्द्घाटन समाराेह रंगशालामा गरिएकाले सरसफाई पनि नसकिएकाे एन्फाले जनाएकाे छ। पाचाैं चरणकाे खेलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब तथा एनआरटी र जावलाखेलबीच प्रतिस्पर्धा हुने छ।