शहीद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल हुँदैछ।
अहिलेसम्म जित हात पार्न नसकेका विभागीय टोली एपीएफ र सरस्वती युथ क्लब आज खेल्दैछन्। तीन चरणको खेल खेल्दासम्म गोलविहीन सरस्वतीले कुनै अंक जोड्न सकेको छैन।
एपीएफले एक खेल बराबरीबाट १ अंक मात्र जोडेको छ। दुई खेलमा एपीएफ पराजित भएको थियो। सरस्वतीले तीनवटै हेलमा हार बेहोरेको थियो।
आज दुवै टोली पहिलो जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छन्। ३ खेलबाट १ अंक रहेको एपीएफ १२ औँ तथा समान खेल खेलेको सरस्वती १४औं स्थानमा छ। खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ।