पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई २०३ रनको लक्ष्य दिएको छ। चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको हो।
पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा ठूलो लक्ष्य दिन सफल भयो। पहिलो विकेटका लागि रोहन मुस्तफा र पारस खड्काले ३६ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा पारस २५ रन बनाएर आउट भए। ११ बल फेस गरेका पारसले ४ चौका र एक छक्का प्रहार गरे। पारस पछि क्रिजमा आएका बाबर हायात भने धेरैवेर क्रिजमा टिक्न सकेनन्।
बाबर ६ रन बनाएर आउट हुँदा चितवनले ४५ रनमा २ विकेट गुमाउन पुग्यो। त्यसपछि अनिल साहसँग रोहन मुस्तफाले ९५ रनको साझेदारी गर्दै चितिवनको स्कोर १४० मा पुर्याएका थिए। यसबीचमा तेस्रो विकेटको रुपमा साह आउट हुँदा उनले अर्धशतक बनाएका थिए। ३४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५० रन बनाएका थिए।
१४२ रन हुँदा चौथो विकेट गुमाउँदा रोहन मुस्तफा पनि व्यक्तिगत ५० रनमा आउट भए। १९ रन जोडेका आरिफ शेख पाँचौं विकेटको रुपमा आउट हुन पुगे। आरिफ शेखले ११ बलमा २ छक्का र १ चौका प्रहार गरे।
त्यसपछि सन्नी पटेल र करण केसीले चितवनको इनिङ्स अघि बढाएका थिए। करणले पनि ८ बलमा २ छक्का र २ चौकाको मद्दतले २६ रन जोड्दा सन्नीले ८ बलमा २ चौकाको मद्दतल े १६ रन बनाए।
विराटनगरका लागि पुनित मेहरा र मोहम्मद जइद आलमले दुई दुई विकेट लिँदा किशोर महतोले एक विकेट हात पारे।