पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको उपाधिका लागि चितवन राइनोज र विराटनगर टाइटन्स भिड्ने भएका छन्। चितवन राईनोज समूह चरणका ५ खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो भने विराटनगर टाइटन्सले आज भएको एलिमिनेटर राउण्डमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै चितवनसँगको उपाधि भिडन्त पक्का गरेको हो। फाइनल खेल शनिबार हुने छ।
विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको बुटवल निर्धारित २० ओभरमा १४४ रनमा समेटिन पुग्यो।
बुटवलले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्दै वलियो शुरुआत गरे पनि मिडिल अर्डरका ब्याट्सम्यानहरु चल्न सकेनन्। बुटवलका अफताव वुद्दिन अहमदलाई सहाव आलमले आउट गर्दै ठूलो सफलता दिलाएका थिए। अफतावले २२ बलमा ४३ रन बनाए। भीम सार्कीले ४४ तथा पुरन विकेले १५ र शिबम् सिंहले १४ रन बनाए।
अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन भने बुटवलका २ जना खेलाडीले खाता नै खोलेनन्। वुटवलाई रोक्ने क्रममा विराटनगरका पुनित मेहरा र सहाव आलमले तीन तीन विकेट लिए।
पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले बुटवललाई १६६ रनको लक्ष्य दिएको थियो। विराटनगरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको हो।
बुटवल ब्लास्टर्सविरुद्ध मोहम्मद जाइद आलम र सुनिल धमला ओपनिङमा आएका थिए। पहिलो विकेटका लागि ३९ रनको साझेदारी गर्दै अघि बढाएकोमा आलम १३ बलमा २० रन बनाउँदै आउट भएका थिए। त्यसपछि क्रिजमा आएका लोकेस बम भने धेरै बेर विकेटमा टिक्न सकेनन्। उनी व्यक्तिगत १६ बलमा २ छक्काको मद्दतले बमले १९ रन बनाए।
सुनिल धमलाले अर्धशतक पुरा गरे। उनको यो जारी पीपीएलमा पहिलो अर्धशत शतक हो। २ छक्का र चार चौकाको मद्दतले ४८ बलमा धमलाले अर्धशतक पुरा गरेका थिए। १५ औं ओभरमा विराटनगरले १०० रन कटाएको थियो। तेस्रो विकेटको रुपमा सुनिल धमला आउट भए। उनी ६१ रन बनाएर आउट हुँदा ५४ बल फेस गरेका थिए। धमलाले ६ चौका र २ छक्का प्रहार गरे।
धमला आउट भएपछि क्रिजमा आएका कप्तान प्रदीप ऐरीले पुनित मेहरासँग मिलेर विराटनगरको स्कोर अघि बढाएका थिए। पुनित जारी आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन्। शीर्ष स्थानमा रहेका काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लाई उछिन्दै पुनित शीर्ष स्थानमा उक्लिएका हुन्। ज्ञानेन्द्रले २०१ रन बनाएर शीर्ष स्थानमा थिए। तर आज वुटबलविरुद्ध १८ रन बनाएपछि पुनितले शीर्ष स्थान कव्जा गरेका हुन्।
टिमको स्कोर १३६ रन हुँदा विराटनगरले चौथो विकेट गुमाएको थियो। पुनित मेहरा १९ रन बनाए आउट भए। त्यसपछि क्रिजमा आएका नोमान खान पहिलो बलमै आउट भए। उनलाई ललित सिंह भण्डारीले आउट गरेका थिए।प्रदीप अन्तिमसम्म टिकेर खेलेका थिए। प्रदीप ३३ रनमा नट आउट रहँदा मिनास थापा पनि २ रनमा अविजित रहे। प्रदीपले १३ बल फेस गर्दा ४ छक्का र एक चौका प्रहा गरे।
उनलाई अबिनाश बोहराले आउट गरेका थिए। बुटवलका हर्ष टंकले २ विकेट लिँदा अविनाश बोहरा र ललित भण्डारीले एक एक विकेट लिए।