इङ्लिस क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। कतारको दोहामा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
कतारकाे खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए। १४ औं मिनेटमा रोगेलिओ फुनेस मोरीले गोल गर्दै मोन्टेरीलाई खेलमा फर्काएका थिए।
तर, खेलको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए। अब लिभरपुलले उपाधिका लागि फ्लामेन्गोसँग खेल्नेछ।