सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टीम नेपाल पुलिस क्लव हिमालयन शेर्पा क्लवसँग बराबरीमा रोकिएको छ ।
दशरथ रंगशालामा भएको खेलमा पुलिस शेर्पासँग गोलरहित बराबरीमा रोकियो । विभागीय टीम पुलिसले शेर्पा विरुद्ध पहिलो हाफमा खासै राम्रा मुभ बनाउन सकेन । जसका कारण पहिलो हाफमा गोलरहित बराबरी खेल्यो । दोस्रो हाफमा पुलिसले सुधारएको प्रदर्शन गरेको थियो । तर पाएका अवसरलाई सदुपयोग गर्न सकेन ।
जसका कारण उसले यो सिजनको पहिलो खेलमा नै अंक बाढ्न बाध्य भयो ।यो बराबरीपछि दुबैको एक एक अंक भएको छ ।