पोखरा प्रिमियर लिग टि-२० क्रिकेट (पीपीएल) मा धनगढी ब्लुजले ५ रनले विजयी हुँदै खेलको सुखद सुरुवात गरेको छ । पोखरामा सोमबार भएको खेलमा धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गरेको हो ।
धनगढीले दिएको ११८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा समेटियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा विकेट गुमाउँदै ११८ रन बनाएको हो । खेलमा जित निकाल्दै धनगढीले प्रतियोगितामा अंक २ जोडेको छ । प्रतियोगिताको पहिलो खेलमा जित निकालेको पोखरा पल्टनले पनि २ अंक जोडेको छ ।