दशरथ रंगशालामा प्रहरीले लाठी चार्ज गरेको छ । फुटबल हेर्न आउने दर्शकमाथि प्रहरीले लाठीचार्ज गरेको हो । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज फुटबलको फाइनल र समापन हुँदै छ ।
फुटबलको फाइनलमा नेपाल-भुटानबीच खेल हुँदै छ । जसका कारण पनि नेपाली दर्शक फुटबल हेर्न रंगशाला प्रवेश गर्न आतुर छन् ।
ई-सेवामार्फत टिकट बिक्री खुला गरिएको २ घण्टामै ९ हजार टिकट बिक्री भएका थिए । टिकट नपाएका समर्थकहरुले गेट बाहिर नाराबाजी गरेका छन् ।
जसका कारण सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा केही नेपाली फुटबल टिमका समर्थक घाइते पनि भएका छन् । सुरक्षाकर्मी लाठी चार्ज गर्दा फोटो खिचिरहेका नागरिक दैनिकमा खेल पत्रकार सुमन चापागाईंलाई चोट लागेको छ ।