जलपरी गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई चौथो स्वर्ण दिलाएकी छिन्।
उनले सोमबार भएकाे सय मिटर फ्रिस्टायलमा स्वर्ण हात पारेकी हुन्।गाैरिकाले भारतीय खेलाडी भन्दा दुइ सेकेन्ड अगाडि नै सय मिटर फ्रिस्टायल ५८.१३ सेकेण्डमा पार गरिन् ।गौरिका सिंह एकै साग संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनेकी छिन्।
सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्टसँगको रेकर्ड उनले बराबरी गरेकी छिन्। विष्टले ४ स्वर्ण जित्दै सागमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडीको कीर्तिमान राखेका थिए।