दक्षिण एसियाली खेलकुद (साग)काे जारी खेलमा गौरिका सिंहले तेस्रो स्वर्ण जित्दै इतिहास रेचेकी छिन् ।
१३औं सागको पौडी अन्तरगत ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् ।याे सँगै उनी सागमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पूरा गरेर स्वर्ण हात पारेकी हुन्।उनले २०० मिटर फ्री स्टायल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । उनले जारी १३औं सागमा एउटा रजत र एउटा कांस्य पनि जितेकी छन्।