इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा युनाइेटडले जित निकालेको छ। गएराति भएको खेलमा युनाइेटडले सिटीलाई दुई एक गाेल अन्तरले हरायो।
इतिहाद स्टेडियममा भएको खेलमा युनाइेटडको जितमा मार्टियल रासफोर्ड र एन्टोइन मार्सियलले एक एक गोल गरे। अवे खेलमा यो सिजन सिटीविरुद्ध जित निकालेको युनाइेटडका लागि खेलको २३ औं मिनेटमा रासफोर्डले पहिलो गोल गरे। उनले पेनाल्टीमा गोल गरेका हुन्।
त्यसपछि २९ औं मिनेटमा मार्टियलले गोल गर्दै युनाइटेडको अग्रता दुई शुन्यमा पुर्याए। पहिलो हाफमा दुई गोलको अग्रता बनाएका युनाइटेड विरुद्ध सिटीले ८५ औं मिनेटमा एक गोल फर्काएको थियो। उसका लागि ओटामेन्डीले गोल गरेका थिए।
तर त्यो गोलले सिटीलाई हारबाट बचाउन सकेन। यो हारले सिटीलाई लिगको तेस्रो स्थानमा पुर्याएकाे छ। शीर्ष स्थानको लिभरपुलको १६ खेलमा ४६ अंक छ भने दोस्रो स्थानको लेस्टर सिटीको ३५ अंक छ। सिटीको ३२ अंक छ। जारी लिगमा सिटीको पाँच खेलमा दोस्रो हार हो।
यसअघि सिटी लिभरपुलसँग तीन एक गाेलले पराजति भएकाे थियाे। गएरातिकाे खेलमा एभर्टनसँग चेल्सी ३-१ गाेलले पराजित हुँदा लिभरपुलले बर्नमाउथमाथि ३-० काे फराकिलाे जित दर्ता गरेकाे छ। टाेटनह्यामले भने बर्नलेमाथि ५-० काे जित दर्ता गर्याे। वाटफाेर्ड र क्रिष्टल प्यालेस भने गाेलरहित बराबरीमा राेकिए।