१३ औँ दक्षिण एसियाली खेलकुद-सागअन्तर्गत नेपालले शानदार जीतको सुरुवात गरेको छ।घरेलु मैदानमा जारी खेलकुदमा तेक्वान्दोको पुम्से विधातर्पफ कुल ७ स्वर्ण जितेको छ ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न १३ स्वर्णको प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको हो ।
त्यस्तै श्रीलंकाले तीन स्वर्ण जित्दा भारतले दुई र बंगलादेशले एक स्वर्ण हात पार्न सफल भयो । नेपालका लागि आयषा शाक्यले दुई स्वर्ण दिलाउँदा पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठले स्वर्ण जितेका छन् । नेपालले महिला टिम पुम्सेतर्पफ १७–२९ वर्षउमेर समूह(निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि उमेरसमूह(निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जित्न सफल भएको हो ।
नेपालका लागि आयषाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधातर्पm स्वर्ण दिलाइन् । व्यक्तिगत विधातर्पm आयषाले ८.९४० र भारतकी प्रजक्ता प्रकाशले ७.६४० स्कोर ल्याइन् । यस विधामा श्रीलंकाकी गायत्री सन्दामर्ली(७.७५५०)ले र निसा महरुन(७.३६०) ले कांस्य पदक जितिन् ।
२९ वर्षमाथिकै जोडी पुम्सेमा आयषा र सञ्जीव कुमार ओझाको जोडी (८.१६)ले पाकिस्तानका महरुन र सहबाज अहमदको जोडी (७.८६)लाई पछि पारेका थिए । यस विधामा श्रीलंकाका लक्षमन एन्डिस र गायत्रीको जोडी (७.८६०) तथा बंगलादेशका दिपु चक्मा र मौसुमको जोडीले कांस्य पदक जिते ।
त्यसैगरी नेपालका लागि महिला पुम्सेतर्पm पार्वती गुरुङ र सिना मादेन तथा पुरुष पुम्सेमा कमल श्रेष्ठले स्वर्ण दिलाए । सिनाले १७ देखि २३ वर्ष, पार्वतीले २३ देखि २९ वर्ष र कमलले २३ देखि २९ वर्षउमेर समूहमा स्वर्ण जितेका हुन् । सिनाले ८.२५० स्कोर ल्याउँदा भारतकी रूपमा बायोरले ८.१३० स्कोर ल्याइन् । यस विधामा श्रीलंकाकी इसुरी मेन्डिस र बंगलादेशका अकिरी अक्तेरले कांस्य जितिन् ।
२३ देखि २९ वर्ष उमेर समूहमा स्वर्ण विजेता पार्वतीले ८.२५० अंक ल्याउँदा रजत विजेता श्रीलंकाकी रनपतिपुरा जयविरालले ८.१४० अंक ल्याइन् । यस विधामा बंगलादेशकी नुरनहर अक्तेर र भारतकी हर्षा सिंघाले कांस्य पदक जितिन् ।
सोही उमेर समूहमा नेपालका कमलले स्वर्णका जित्दा ८.२७० अंक ल्याए । भारतका राहुल जैनले ८.१८० ल्याउँदा रजत पदकमै खुम्चिए । यस विधामा श्रीलंका निसाकां जयसिंघे(८.१५) र बंगलशादेशका मेहदी हसन (८.०६०)ले कांस्य पदक जिते ।
१७ वर्षदेखि २३ वर्षउमेर समूहको व्यक्तिगत पुम्सेमा भने नेपालका कृष्णबहादुर तामाङ रजत पदकमा खुम्चिए । कृष्णबहादुरले ८.२०० ल्याउँदा श्रीलंकाका रनुकाप्रभाथ मेनिक पेडीले ८.२५० अंक ल्याए । यस विधामा भारत लालथला मुइनपुई(८.१२०) र बंगलादेशका कमरुल इस्लाम(८.०९०) ले कांस्य पदक जितेका छन् ।
पुरुष २९ वर्षमाथिको पुम्सेमा बंगलादेशका दिपु चक्मा(८.११०)ले स्वर्ण जित्दा श्रीलंकाका लक्षमन एन्ड्रिस (८.११०)लाई पराजित गरे । यस विधामा नेपालका रेजिन धिमाल (८.०१०) र भारतका गाङफुङ गाङ्स (८.०३०) ले कांस्य पदक प्राप्त गरे । १७ देखि २३ वर्ष उमेरसमुहको पेयर पुम्सेमा श्रीलंकाले स्वर्ण, भारतले रजत तथा नेपाल र बंगलादेशले कांस्य पदक जिते ।
२३ वर्षदेखि २९ वर्षउमेर समूहको पेयर पुम्सेमा भने भारतले स्वर्ण जित्दा गौरव सिंह र हर्षा सिंघेको जोडीले सफलता दिलाए । यस विधामा श्रीलंकाकाले रजत प्राप्त गर्दा नेपालका जीतबहादुर बोट र पार्वती गुरुङ तथा बंगलादेशका मेहदी हसन र नुरनहरले कांस्य पदक जिते ।
१. कराते (एकल काता)= मण्डेकाजी श्रेष्ठ
२. कराते (टिम काता, महिला)= मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३. कराते (टिम काता ,पुरुष)= निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४. कराते (५५ केजी) = लक्ष्मण तामाङ
५. कराते(८४ केजीमाथि)=विप्लवलाल श्रेष्ठ
६. कराते (४५ केजी मुनी)= कुसुम खड्का
७. कराते (५० केजी मूनि) =अनु अधिकारी
८. तेक्वान्दो पुम्से (२३–२९ वर्ष )=कमल श्रेष्ठ
९. तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )= सिना मादेन लिम्बु
१०. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) = पार्वती गुरुङ
११. तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) = आयशा शाक्य
१२. तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) = आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१३. पुम्से महिला टिम (१७–२३ वर्ष) = निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१४. पुम्से महिला टिम (२३–२९ वर्ष) = निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१५. ट्रायथलन = सोनी गुरुङ
रजत पदक
१. कराते (एकल काता) = चन्चला दनुवार
२. तेक्वान्दो पुम्से (१७–२३ वर्ष) = कृष्णबहादुर तामाङ
३. कराते (८४ केजी मूनि) = दिवस श्रेष्ठ
कास्य पदक
१. तेक्वान्दो पुम्से (१७–२३ वर्ष)= अस्मिन राउत र सिना मादेन लिम्बु
२. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) = जितबहादुर बोट र पार्वती गुरुङ
३. ट्रायथोलन = बसन्त थारु