मंसिर १५ गतेदेखि काठमाडौं, पोखरा र जनकपुरमा शुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता शुरुहुँदै छ।
१५ गते औपचारिक उद्घाटन गरिने भए पनि भलिबल खेल भने ११ गतेदेखि नै शुरु हुने छ। भलिबलमा भुटानबाहेक ६ टिमले भाग लिँदै छन्। भलिबलमा पुरुष, महिला र विच भलिबलको महिला र पुरुष गरि चार वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ।
महिला र पुरुष भलिबल काठमाडौंमै हुने छ भने विच भलिबल भने पोखरामा आयोजना हुने छ। आगामी बुधबारदेखि शुरुहुने प्रतियोतिगाका लागि पुरुष भलिबलको ‘टाईसिट’ सार्वजनिक गरिएको छ।
पुरुष भलिबलमा नेपालको समूहमा बंगलादेश र भारत रहेका छन्। अर्को समूहमा पाकिस्तान, माल्दिभ्स र श्रीलंका हेका छन्। नेपालले उद्घाटन खेलमा बंगलादेशसँग खेल्ने छ। महिला र बिच भलिबलको तालिका भने सार्वजनिक भएको छैन।