एसीसी इमर्जिङ कप क्रिकेट खेल्न बंगलादेश गएको नेपाली राष्ट्रिय टोली नेपाल फर्किएको छ ।
तीन खेल खेलेको नेपाल भारत र आयोजक बंगलादेशसँग पराजित भएको थियो । हङकङलाई भने नेपालले जितेको थियो । बंगलादेशसँग ८ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।
एसीसी इमर्जिङ कपमा आयोजक बंगलादेशसँगै नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, हङकङ, ओमान, श्रीलंका र यूएईले जनाएका थिए ।