सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ। २०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेको दशरथ रंगशाला तयार नभए पछि नेपाल र कुवेतबीचको खेल भुटानमा हुन लागेको हो।
नेपाल भन्दा बलियो रहेको कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक योहान कालिनले बताए। उनले सोमबार आयोजित प्रि म्याच कन्फ्रेन्समा प्रशिक्षक कालिनले भने। 'हामी उसकै घरेलु मैदानमा भन्दा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रन्छौं।’ कुवेतले आफ्नो घरेलु मैदानमा नेपाललाई ७–० गोल अन्तरले पराजित गरेको थियो।
छनोटको समूह बी मा नेपाल तालिकाको चौंथो स्थानमा छ। छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।यस्तै कुवेतका मुख्य प्रशिक्षक थामर इनाडले नेपालविरुद्ध ३ अंकको लागि मैदान उत्रने बताए।