इमर्जिङ टिम्स एसिया कपमा नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेटायो ।
बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन बनाए । नेपालका करण केसी र सुशन भारीले समान १-१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए ।
ढाकाको सावर रंगशालामामा नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो ।
सोमपाल कामी र करण केसीले ५० रनको महत्त्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए । सोमपाल ३८ रनमा आउट भए । खेलमा उनको ३८ रन सर्वाधिक हो । पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।