एन्फाले अनुशासनको कारबाहीमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका चार मुख्य खेलाडी बारे थप निर्णय गर्न काठमाडौंमा उपलब्ध पदाधिकारीहरुलाई अनौपचारिक छलफलका लागि बोलाएको छ ।उक्त छलफलमा अनुशासन कमिटी तथा इन्टिग्रिटी कमिटीका सदस्यहरुलाई पनि बोलाइएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए ।
मुख्य स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशी गरी ४ खेलाडीलाई एन्फाले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।फूलमालासहित विदाइ भएका ती चार खेलाडी शुक्रबार मध्यरात सम्म ठमेलस्थित विभिन्न नाइट कल्वमा गएको भेटिएपछि कारबाही गरिएको एन्फाले जनाएको छ।
चार खेलाडी कारबाहीमा परेपछि २० सदस्यीय टिम भुटान पुगेको छ । नेपालले विश्वकप छनोटमा कुवेतविरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दै छ ।