फुटबलका दुई महारथी ब्राजिल र अर्जेन्टिनाबीचको मैत्री पूर्ण खेलमा अर्जेन्टिनाले जित निकालेको छ। शुक्रबार साउदी अरेबियामा भएको खेलमा लियाेनल मेसीको गोलको मद्दतले अर्जेन्टिनाले ब्राजिलमाथि १–० को जित हात पारेको हो।
अधिकांश सबै बल आफ्नो पक्षमा लिएपनि ब्राजिलले अर्जेन्टिनाविरुद्ध गोल गर्न सकेन। मेसीले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। खेलको १०औं मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। तर पेनाल्टीमा गाब्रिएल जिससले गोल गर्न सकेनन्।
त्यसलगतै अर्जेन्टिनाले पनि पेनाल्टीको मौका पायो। मेसीले पेनाल्टीमा मेसीले गरेको प्रहार ब्राजिलका गोलरक्षक एलिसनले रोक। पेनाल्टी प्रहार गर्दा फर्किएर आएको बललाई पुन प्रहारी गरी मेसीले गोल गर्न सफल भए।
तीन महिनाको प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किएका मेस्सी पहिलो खेलमा नै गोल गर्न सफल भएका हुन्। कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि रेफ्रीको मिलेमतो रहेको आरोप लगाएका कारण मेसी प्रतिबन्धमा परेका थिए।