राष्ट्रिय खेलकुद परिषद्ले नेपाली महिला भलिबल टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।
बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको ऐतिहासिक उपाधि जित्ने खेलाडीलाई राखेपले जनही ३ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेकाे छ ।
उपाधि जितेको नेपाली टिम शुक्रबार स्वदेश फर्किएको छ । प्रतियोगिताको कुनै पनि खेलमा पराजय नभोगी च्याम्पियन बन्न सफल नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवाल लगाएत भलिवल संघका पदाधिकारीहरुले त्रिभूवन अन्तराष्ट्रिय विमानथलमास्वागत गरेका थिए ।
खेलाडीलाई स्वागत गर्दै सदस्य सचिव सिलवालले नेपाली टिमका सबै सदस्यलाई पुरस्कार स्वरुप तीन–तीन लाख रुपैयाँ दिने घोषणा गरे ।
स्वदेश फर्केपछि राष्ट्रिय टिमका कप्तान अरुणा शाहीले जितले अवको दिनमा निकै राम्रो गर्नुपर्ने चूनौत थपिएको बताइन् । त्यस्तै नेपाल राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले जित्नै पर्ने मनस्थीतिले बंगलादेश गएका कारण जित हासिल गरेको बताए । उनले साग खेलमा पनि नेपालको खेल उत्कृष्ठ बनाउने बताए ।
नेपालले बिहीबार भएको उपाधि भिडन्तमा माल्दिभ्समाथि ३–० सेटको जित हात पारेको थियो।यसअघि नेपाली महिला भलिबल टिमले २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजतपदक जितेकाे थियाे।अन्तर्राष्ट्रिय सहभागीता जनाउन थालेको २० वर्षपछि महिला भलिबलले ऐतिहासिक उपाधि हात पारेकाे हाे ।