बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ ।
ढाकास्थित कृरा शिक्खा मैदानमा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा बनाएको थियो ।
१९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर सकिँदा लक्ष्य भेट्न सफल रह्यो।पहिला ब्याटिङ गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल रन नजोडदै आउट भएका थिए। नेपालका लागि डेभ्यु गरेका कुशल भुर्तेल र सरद भेषवाकरले ५४ रनको साझेदारी गरे। नेपाल प्रतियोगिताको समूह 'बी' मा रहेको छ। समूह 'बी'मा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन्।