नेपालले एभीसी सेन्ट्रलजोन वुमन्स भलिबलको उपाधि नेपालले हात पारेको छ।
बंगलादेशको ढाकामा आज भएको फाइनल खेलमा माल्दिभ्समाथि सोझो सेटमा जित निकाल्दै नेपालले उपाधि जितेको हो।सेन्ट्रलजोन वुमन्स भलिबलको उपाधि नेपालको लागि ऐतिहासिक हो। यसअघि सन् २०१४ मा दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्न सफल भएकाे थियो।
प्रतियोगिताभर अपराजित नेपालले सबै टोलीलाई सोझो सेटमा हराएको थियो। पहिलो खेलमा अफगानिस्तानलाई ४–२५, ६–२५ र ९–२५ को सोझो सेटमा हराएको नेपालले दोस्रो खेलमा कीर्गिस्तानलाई १५–२५, १९–२५ र २०–२५ को सोझो सेटमा हराएको थियो।
त्यस्तै तेस्रो खेलमा आयोजक बंगलादेशलाई ७–२५, ६–२५ र ६–२५ कै सेटमा पराजित गर्न नेपाल सफल रह्यो।नेपालले माल्दिभ्सलाई बुधबार पनि १४–२५, ५–२५ र १३–२५ को सेटमा हराएको थियो।प्रतियाेगितामा कीर्गिस्तानले आयोजक बंगलादेशलाई हराउँदै तेस्रो स्थान हासिल गरेको छ।