बंगलादेशमा जारी एभीसी सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप २०१९ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ ।
यसअघि अफगानिस्तान, किर्गिस्तान र आयोजक बंगलादेशलाई प्रतियोगिता गरेको नेपालले बुधबार प्रतियोगितामा अपराजित रहेको माल्दिभ्सलाई २५-१४, २५-५, २५-१३ को सोझो सेटमा स्तब्ध पारेको हो ।
प्रतियोगिताको पहिलो खेलमा अफागानिस्तानलाई दोहोरो अंक बनाउन नदिएको नेपालले मंगलबार बंगलादेशसँग पनि सोही क्रमलाई निरन्तरता दिएको थियो ।
राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्ने नियमअनुसार नेपाल र माल्दिभ्सले एक खेलअगावै उपाभि भिडन्त निश्चित गरिसकेका छन् ।