दक्षिण एसियाली खेलकुद(साग)का लागि नेपाली फुटबल टोलीको घोषणा गरिएकाे छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली यू-२३ टोलीको घोषणा गरेका हुन्।नेपाली टोलीकाे घाेषणा गर्दै उनले भने, हामी सागका लागि पूरा तयार छौं।
घाेषित टाेलीकाे गोलकिपरमा विकेश कुथु, अर्पण कार्की र दीप कार्की रहेका छन् । यस्तै डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ र छिरिङ गुरुङ छन् ।
मिडफिल्डरमा सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आङदाम्बे र तेज तामाङ रहेका छन् भने फर्वाडमा विमल घर्ती मगर, अभिसेक रिजाल, रेजिन सुब्बा र अन्जन विष्टलाइ राखिएकाे छ ।