बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।
आफ्नो दोस्रो खेलमा नेपालले सोमबार कीर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० को सोझो सेटमा हरायो। नेपालले अाइतबार पहिलो खेलमा अफगानिस्तानलाई पनि सोझो सेटमा हराउँदै शानदार सुरुवात गरेको थियो।
नेपालले मंगलबार आयोजक बंगलादेशविरुद्ध र अन्तिम खेलमा बुधबार माल्दिभ्सविरुद्ध खेल्नेछ।