१३औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिताको क्रिकेटमा भारत र पाकिस्तानले भाग नलिने भएको छ ।
भारत र पाकिस्तानले राष्ट्रिय खेलकुद परिषद्लाइ जानकारी गराउँदै क्रिकेटबाट हात झिकेका हुन् ।अब नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानले भने क्रिकेटमा सहभागिता जनाउने छन् ।राखेपकाअनुसार सागमा समावेश २७ वटै खेलमामा नेपालले मात्रै सहभागिता जनाउने भएको छ ।
सागमा फुटबल, गल्फ, हृयान्डबल, जुडो, कराते, कबड्डी, खोखो, सुटिङ, स्वीमिङ, स्वास, टेबलटेनिस, टेनिस, तेक्वान्दो,आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, साइक्लिन, क्रिकेट, फेन्सिङ, भलिबल, भारोत्तोलन, रेश्लिङ, उसु र बक्सिङ समावेश छन् ।