भारतको हैदरावादमा सोमबारदेखि हुन लागेको यू-१९ च्यालेन्जर सिरिजमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
निलम्बन फुकुवापछि पहिलोपटक कार्यक्रम आयोजना गरी क्यानले यू-१९ टोलीलाई बिदाइ गरेको हो । क्यान महासचिव अशोकनाथ प्याकुरेलसहित आईसीसीका नेपाल प्रतिनिधि रौनक मल्लले टोलीलाई बिदाइ गरेका हुन् ।
ऋत गौतमको कप्तानीमा रहेको टोली भोलि हैदरावाद प्रस्थान गर्नेछ ।
टोलीमा कप्तान ऋतसँगै लोकेशबहादुर बम, तृतराज दास, विशालविक्रम केसी, खड्क बोहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिष जीसी र गौतम केसी छन् ।