इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, म्यानचेस्टर सिटी र चेल्सी विजयी हुँदा म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ।
गएराति भएको खेलमा अपराजित रहेको लिभरपुलले एस्टोनि भिल्ला माथि २–१ को जीत निकाल्दै तालिकामा ६ अंकको अग्रता बनाउन सफल भएको हो। लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा रहँदा म्यानचेस्टर सिटी भने २५ अंकसहित दोस्रो स्थानमा छ।
यस्तै म्यानचेस्टर सिटीले गएराति साउथ ह्याम्पटनमाथि २–१ को जीत दर्ता गर्न सफल भयो। तेस्रो स्थानका चेल्सीले वाटफोर्डमाथि २–१ गोल अन्तरकै जीत दर्ता गरेको थियो।
प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड भने एएफसी बर्नमाउथसँग १–० ले स्तव्ध भयो। सेफिल्ड युनाइटेडले बर्नलेलाई ३–०ले पराजित गरेको थियो।न्यूक्यासलले वेस्टह्याम युनाइटेडमाथि ३–२ गोलको कठिन जित निकालेको थियो।
यस्तै ब्राइटनले नर्विच सिटीलाई २–० गोलले पराजित गर्दा आर्सनल र वुल्भर ह्याम्पटन १–१ गोलको बराबरीमा रोकिएका छन्।