विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतविरुद्धको खेलअघि नेपालले खेल्ने म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।
प्रशिक्षक योहान कालिनले सार्वजनिक गरेको २३ खेलाडीको सूचीमा ३ नयाँ खेलाडीलाई समावेश गरिएको छ । जसमा ४ महिना टिममा नरहेका भरत खवाससँगै सुवास गुरुङ र मिक्चन तामाङलाई मौका दिइएको छ । यसका साथै गोलकिपर एलेन न्यौपानेले पनि टिममा मौका पाएका छन् ।
नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ र रोहित चन्दले क्लब फुटबलका कारण म्यान्मारविरुद्धको खेल गुमाउनेछन् । साथै मिडफिल्डर विशाल राईले चोटका कारण टिममा छैनन् भने पूर्वकप्तान विराज महर्जनलाई पनि समावेश गरिएको छैन । म्यान्मार-नेपाल मैत्रीपूर्ण खेल नोभेम्बर ७ मा हुनेछ ।
म्यानमार विरुद्धको स्क्वाड यस्तो !